काठमाडौं– नेपाली नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो हत्या गर्न आउँदैछन् भन्दा पनि घर छाडेर नहिँड्ने शेरबहादुर देउवामाथि देश छाड्न लागेको भनेर गरिएका प्रचारबाजी अपराधिक चिन्तनको उपज रहेको बताएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले पासपोर्ट बनाउने हरेक नागरिकको अधिकार भएको भन्दै देउवा देश छाडेर जाने कुरा बदनाम गराउने योजनाबद्ध प्रयासमात्र हो भनेका छन् । महतले जीवनमरणको लडाइँ लडिरहेका नेताविरुद्ध भएका प्रचारबाजीको निन्दा गर्नुपर्ने बताए ।
पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा सभापति देउवामाथिको आक्रमणको निन्दा नगरिएपछि उपसभापति पूर्णवहादुर खड्का र आफूले अलग वक्तव्य निकाल्नु परेको भन्दै अहिले विशेष महाधिवेशनका लागि भइरहेका हस्ताक्षरको पनि औचित्य नभएको प्रष्ट पारे ।
महतले असोज २३ गतेको गोली काण्ड नै रहस्यमय रहेको भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।