काठमाडौं– सरकारले ‘जेन-जी’ आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले ज्यान गुमाएका परिवारलाई आर्थिक सहायताबाहेक काजकिरिया, खाना खर्च र यातायात खर्चबापत थप पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
मन्त्री खरेलले भने, ‘यही भदौ २३ र २४ गते जेन-जी प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका प्रतिपरिवारलाई (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेक) १० लाख रुपैयाँको दरले आर्थिक सहायता र काजकिरिया, खाना खर्च र खाना खर्चबापत पाँच लाख रुपैाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।