काठमाडौं– विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले काम थालेको छ ।
कार्कीसहित आयोगका सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारीले मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्ने पहिलो निर्णय गरेको छ ।
जलवायु तथा विज्ञान विभागको भवन, बबरमहलमा आफ्नो कार्यालय स्थापना गरेर आयोगले क्षतिको विवरण संकलन र माग गर्ने निर्णय गरेको हो ।
आयोगले विभिन्न निकायहरूलाई केन्द्र तोकेर क्षतिको विवरण ती निकायबाट संकलन गर्ने निर्णय गरेको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।
सर्वोच्च र देशभरका अदालतले सर्वोच्च अदालतमार्फत आयोगलाई विवरण बुझाउने छन् । अरु सरकारी निकायहरूले गृह मन्त्रालयमार्फत विवरण बुझाउनेछन् ।
स्थानीय सरकारका लागि संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय तोकिएको छ । व्यापारिक प्रतिष्ठान र निजी सम्पत्ति क्षति हुनेले सोझै विवरण पठाउन पाउनेछन् ।
आयोगले सूचना संकलनका लागि [email protected] को इमेल तोकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।