काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ। बैठक बिहान ११ बजे प्रज्ञा भवनमा शुरु हुनेछ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश गर्ने प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी फागुन २१ गतेको आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेण्डामा बैठकमा छलफल हुनेछ । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रम समेत रहेको जनाइएको छ।
बैठकमा केन्द्रीय सदस्य, आयोगका सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि र प्रदेश पदाधिकारीलाई आमन्त्रण गरिएको छ।
यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।