काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले करिब एक किलो सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो भन्सार एरियामा शंकास्पद रूपमा देखिएका ४८ वर्षीय रोनक मदनीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत् काठमाडौं आएका मदनीको शरीरको जाँच गर्दा मलद्वारभित्र लुकाइएको अवस्थामा ८ सय ३५ ग्राम सुन बरामद भएको हो। प्रहरीले शंका लागेपछि उनलाई केएमसी अस्पताल लगेर भिडियो एक्सरे गर्दा तीनवटा डल्ला बनाएर लुकाइएको सुन फेला परेको थियो।
पक्राउ परेका मदनीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरलाई बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।