काठमाडौँ– नेकपा(माओवादी केन्द्र)को स्थायी समिति सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघिबाट बैठक सुरु भएको हो।
बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नेछ।
माओवादीको आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा विशेष महाधिवेशन गर्ने गरी पार्टीको सबै कमिटी भङ्ग गर्ने प्रस्ताव अघि सारेका थिए। त्यसबारेमा आजको बैठकमा छलफल गरेर भोलिको केन्द्रीय कमिटी बैठकले निर्णय लिने तयारी गरेको छ।
माओवादीले भोलि बस्ने केन्द्रीय समितिको स्थान पनि तय गरेको छैन। भदौ २३ र २४ गते जेनजीको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो।
कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सार्वजनिक/निजी सम्पत्तिका साथै व्यापारी प्रतिष्ठान ध्वस्त भएको थियो। विध्वंसकारी गतिविधिपछि परम्परागत पार्टीभित्र नेतृत्व छाड्न दबाब परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।