काठमाडौं– सरकारले ३ जना सचिवको सरुवा गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३ सचिवको सरुवा गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिइएको छ भने त्यहाँ कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरेको छ।
दुवाडीले तत्कालिन गृहमन्त्री रमेश लेखक जिम्मेवारीमा आइसकेपछि राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरेर मन्त्रालयको सचिवको जिम्मेवारी पाएका थिए।
दंगाल एक वर्ष अघि २०८१ साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवबाट सरुवा भएर रक्षा मन्त्रालयको सचिवको जिम्मेवारीमा आएका थिए ।दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए।
यस्तै, योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
अर्याल योजना आयोगको सचिवको जिम्मेवारीमा आउनु अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा थिए। त्यस अघि उनी युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारीमा पनि गत वर्ष असोजदेखि पुषसम्म ३ महिना मात्रै बसेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।