काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।
बैठकमा सात एजेण्डामा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए।
समसामयिक राजनीति, प्रदेश बैठकहरूबाट प्राप्त विवरण, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा र पार्टी सङ्गठन एवं विभाग सम्बन्धी विषयमा छलफल हुनेछ। यस्तै घोषित निर्वाचनको रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र विविध विषयमा छलफल हुने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।