काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधमन्त्री महावीर पुन मन्त्री क्वाटरमा नबस्ने भएका छन् ।
सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री पुनले मन्त्रालयमै कोठा मिलाउन निर्देशन दिएको जानकारी दिएका छन् ।
साथै उनले आफूलाई एउटा कोठा र भान्सा भए पुग्ने भन्दै खाना आफैं पकाएर खाने घोषणा गरेका छन् ।
‘मन्त्री क्वार्टर चाहिँदैन । यहीँ कोठा बनाउनू । सुत्ने खाट र टेबल भए पुग्छ । आफैं पकाएर खान्छु,’ मन्त्री पुनले भने ।
सुरक्षाकर्मीलाई पनि मन्त्रालयमै बस्न आग्रह गरे । सरकारी कामबाहेक अन्य ठाउँमा जाँदा सरकारी गाडीको प्रयोग नगर्ने उनले घोषणा गरे ।
६ महिनाका लागि मन्त्री भएको बताउँदै उनले आफूले सकेको काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।