काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्।
केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो।
उनीसहित आज अन्य तीन मन्त्रीले पनि पदभार ग्रहण गरेका हुन्।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।