काठमाडौँ– नवनियुक्त ५ जना मन्त्रीहरुको शपथ अपरान्ह ३ बजेका लागि तय भएको छ।
शीतल निवासमा यसअघि दिउँसो २ बजेलाई तय गरिएको शपथ कार्यक्रम ३ बजेलाई सारिएको हो।
कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन्।
तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ हुने भएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।