काठमाडौं – अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ५ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गरेकी थिइन् ।
अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी हुन् । तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने आज शपथ हुने नहुने निश्चित भइनसकेको शीतल निवास स्रोतले बतायो ।
यद्यपि यी नाममा केही थपघट पनि हुनसक्ने सम्भावना रहेको स्रोत बताउँछ ।
सचिवालयका एक सदस्यले भने, ‘पठाइएका पाँच मन्त्रीका नाम अहिलेलाई होल्डमै राख्न भनिएको छ । शपथ समारोहका लागि व्यवस्थापन गर्नुपर्ने भएकाले समय दिइसकेका छौं ।’
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरु छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।