सर्लाही– सर्लाहीको एक स्थानीय तहका वडाध्यक्ष झुठा विवरणका आधारमा नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्लाको पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुवोध राय यादवलाई झुठा विवरणका आधारमा नागरिकता वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उक्त वडाबाट चार जनाले झुठा वतन र झुठा विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकता लिएको तथा लिन खोजेको घटनामा यादवले सिफारिस तथा सनाखत गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले २०८१ असार ३ गते मुद्दा दर्ता गरेको थियो ।
यस क्रममा यादवलाई प्रहरीले शुक्रबार पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको छ । अदालतबाट १५ दिनको म्याद थप भएपछि आवश्यक अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिहरूमाथि पनि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।