काठमाडौँ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारि छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आइतबार दिउँसोदेखि बैठक सुरु भएको हो।
बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ। बैठकको विशेष एजेन्डाबारे भने थप खुलाइएको छैन।
आन्दोलनपछि माओवादीभित्र पनि पुनः नेतृत्व रूपान्तरणको बहस चर्किन थालेको छ। पार्टी उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रूपमै अध्यक्ष ‘प्रचण्ड’को राजीनामा मागिसकेका छन्।
तर, संस्थापन पक्षका नेताहरूले भने अझै पनि नेतृत्वमा प्रचण्डको विकल्प खोज्ने बेला नभएको तर्क छाडेका छैनन्। भदौ २३ र २४ गते भएको जेन जेड प्रदर्शनका क्रममा प्रदर्शनकारीले माओवादीको पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरेका थिए।
सरसफाइ गरेर माओवादीले पार्टी कार्यालय पुन: सञ्चालनमा ल्याएको छ। जेन जेड प्रदर्शनका दिन अध्यक्ष प्रचण्डको निवाससहित अन्य अन्य नेताहरूको घरमा समेत तोडफोड र आगजनी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।