काठमाडौँ– जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।
बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिएका हुन्।
भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो।
सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।