काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सुर्यविनायक नगरपालिका-७ गुण्डुमा सरेका छन् ।
जेनजी विद्रोहमा हिंसा भड्किएर पदबाट राजीनामा दिएका ओलीलाई २४ भदौमा बालुवाटारबाट सेनाले हेलिकोप्टरमा ब्यारेकमा लगेर सुरक्षित राखेको थियो ।
ओली बिहीबार ब्यारेकबाट निस्किएर भाडामा गुण्डु सरेका हुन् । आन्दोलनको क्रममा एमालेका अध्यक्षसमेत रहेका ओलीको बालकोटमा रहेको निवास आगजनी तथा तोडफोड गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।