काठमाडौं– मन्त्रीत्रय रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आगजनीबाट क्षतिग्रस्त संघीय संसद्को भवन अवलोकन गरेका छन्।
गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो। आगजनीबाट संसद् भवन ध्वस्त भएको थियो।
उक्त क्षतिग्रस्त भवनको अवलोकनमा मन्त्रीत्रय खनाल, घिसिङ र अर्याल पुगेका हुन्।
खनाल अर्थमन्त्री हुन् भने अर्याल गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुन्। घिसिङ सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका छन्।
जेनजी आन्दोलनकारीले संसद भवन र सर्वोच्च अदालत जलाएर ध्वस्त पारेका थिए। संसद अहिले बन्द छ भने सर्वोच्चले पाल टाँगेर काम थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।