काठमाडौं–अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी भएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आगामी बिहीबार बिहान साढे ११ बजेका लागि फोनवार्ता गर्नेगरी तयारी गरिएको छ।
मंगलबार नै वार्ता हुने तयारी भएको भएपनि अन्तिम समयमा उनीहरूको वार्ता सरेको हो।
यसअघि आज नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो।
'प्रधानमन्त्री ज्यूले हिजो क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियो, गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ’आज किन स्थगित भयो थाहा हुन सकेन।’
आज नै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग दिउँसो ४ बजे सिंहदरबारमा भेट्ने भएका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनको बलमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।