• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १५, २०८२ Sat, Nov 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधान रक्षा गर्न तोकिएको समयमै निष्पक्ष निर्वाचन हुनुपर्छ : गगन थापा

64x64
नेपाल लाइभ सोमबार, भदौ ३०, २०८२  २०:३५
1140x725

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तोकिएकै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई जोगाउनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल मार्फत् थापाले तोकिएकै समयमा निर्वाचन गराउने वातावरण निर्माण गरिनुपर्ने मत सार्वजनिक गरेका छन्। 

‘भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नबिर्सौं’, थापाले लेखेका छन्।

उनले निर्वाचनको तयारी सँगसँगै पार्टी पुनगर्ठन पनि गरिनुपर्ने बताएका छन्। ‘पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं’ उनलेले भनेका छन्, ‘जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ।’

पार्टी पुनर्गठनका क्रममा आफू महामन्त्री पद त्याग्न समेत तयार रहेको घोषणा गरेका छन्। ‘यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल शुरू गरौं। स्वीकार गरौं-गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्याङ्कन र आत्मसंकल्प गरौं’, उनले लेखेका छन्।

हाम्रो मुख्य जिम्मेवारी: निष्पक्ष निर्वाचन र संविधानको रक्षा।

नेपाली कांग्रेस पार्टीमा आबद्ध साथीहरू,

जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा छ । नेपाली कांग्रेसका तर्फबाट म र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ गतेकै दिन संवैधानिक रिक्तता नआओस् भनेर ‘आवश्यकताको सिद्धान्त’ अनुसार वैधानिक बाटोबाट नै राजनीतिक समाधान खोज्न आग्रह गरेका थियौं। हाम्रो प्रस्ताव थियो- संविधान तत्काल संशोधन गरी जेन-जी युवाको मागअनुरूप प्रधानमन्त्री नियुक्त गर्ने र त्यही सरकारमार्फत निर्वाचन सम्पन्न गराउने ।

Ncell 2
Ncell 2

तर त्यसो हुन सकेन । जुन प्रक्रियाबाट सरकार गठन र संसद विघटन गरियो त्यो संविधानसम्मत छैन भन्ने पार्टीको ठहर गत भाद्र २७ गते बसेको कार्यसम्पादन समितिले सार्वजनिक गरिसकेको छ । त्यही बैठकले नयाँ राजनीतिक यथार्थ, संवैधानिक परिस्थिति र पार्टीले अब अगाडी लिने बाटोको बारेमा पार्टीभित्र र बाहिर व्यापक परामर्श गरी केन्द्रीय कार्य समितिमा छलफल गरी पार्टीको आधिकारिक धारणा तय गरिने निर्णय गरेको थियो।

यस्तो छ थापाको धारणा

यस सन्दर्भमा केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला लगायत सबै तहका साथीहरूको माझ अब नेपाली कांग्रेसले अगाडि लिनुपर्ने बाटोको सम्बन्धमा मेरो प्रस्ताब राखेको छु।

1. अन्तरिम सरकार गठनसंगै प्रतिनिधिसभा विघटन र निर्धारित समयमा निर्वाचन हुन नसक्दा उत्पन्न हुने रिक्तता राजनीतिक मात्र नभएर संवैधानिक विषय पनि हो।त्यसैले ढिलो चाँडो यो निर्णयको संवैधानिक निरुपण हुने नै छ ।

2. आन्दोलनपश्चात आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौं ।अन्तरिम सरकार गठन भैसकेको छ, निर्बाचनको मिति घोषणा भएको छ। एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्बाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं। कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नविर्सौं।

3. प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय सरकार कायम छन् । संविधानका आधारभूत मूल्य र लोकतान्त्रिक संस्थालाई जोगाउन सचेत खवरदारी गर्नु नै हाम्रो मूल जिम्मेवारी हो ।

4. ⁠ नेपाली कांग्रेसले भदौ २३ गते राज्यद्वारा गरिएको दमन अक्षम्य ठहर गर्दै छानबिनमा सहयोग र दोषीलाई कानून अनुसार दण्डित गराउने प्रतिबद्धता जनाईसकेको छ । त्यसैगरी भदौ २४ र त्यसपश्चातको विध्वंश र आगजनीको वास्तविक क्षति आंकलन गरी दोषिलाई दण्डित गर्न निरन्तर दवाव जारी राख्नुपर्छ ।

5. संघमा राजनीति कहिले सहज होला भनेर नकुरीकन प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण तत्काल प्रारम्भ गर्नुपर्छ । नागरिक सेवा प्रवाहमा कुनै कमी हुन नदिन कोभिड महाव्याधिमा जस्तै स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्दै व्यवस्थापन गर्न अग्रसर हुनुपर्छ । हाम्रो समाज, संविधान र संघीयताको यो आत्मीय पक्षलाई आत्मसात गर्दै पार्टीका सबै तहगत समिति र सदस्यले यथासक्य सघाउन आग्रह गर्दछु ।

6. पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं। जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ। हामीले अहिले जे र जसरी गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन। पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल शुरू गरौं। स्वीकार गरौं-गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्याङ्कन र आत्मसंकल्प गरौं।

अन्त्यमा,

पार्टी सभापति शेरबहादुर देउवा लगायत देशैभरी कांग्रेस र अन्य पार्टीका धेरै साथीहरू, कार्यालय र लोकतान्त्रिक संस्थामाथि अमानवीय ढङ्गले सुनियोजित र सांघातिक आक्रमण भएका छन्, त्यसको हामी घोर निन्दा गर्दछौं । आन्दोलनका क्रममा अहिले पनि अस्पतालमा सयौं घाइते साथीहरू छन् । उनीहरूका शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

अर्कोतिर हामीले नविर्सौं, कलिलो पुस्ताका भाइबहिनीहरू क्रुरतापूर्वक मारिएका छन् । जलेका भौतिक संरचनाको पुनर्निर्माण गर्न सकिन्छ; आन्दोलनमा घुसपैठ गर्ने पात्र र प्रवृत्तिले पनि कठोर दण्ड पाउने निश्चित छ । तर गुमेको जीवन फर्किँदैन। देशको दुर्दशाबाट दु:खी हुँदै स्वतःस्फुर्त आन्दोलनमा उत्रिएका ती युवाहरूले भ्रष्टाचारमुक्त, स्वच्छ र जनमुखी राजनीतिको सपना देखेका थिए। संकल्प गरौं ती निर्दोष भाइबहिनीहरूको बलिदान खेर जाने दिने छैंनौं । जय नेपाल!

२०८२ भदौ ३०

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : नेपाल लगातार तेस्रो खेलमा पनि पराजित
एकताको विषयलाई लिएर पार्टी फुट्दैन : माओवादी
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली
सम्बन्धित सामग्री
अध्यक्षले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई सामाजिक सञ्जालमा उनले भनेका छन्– 'नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्... शनिबार, कात्तिक १५, २०८२
ऊर्जामन्त्री घिसिङ भन्छन्– विद्युत् बक्यौता उठाउने मेरो इमानदार प्रयास हो मन्त्री घिसिङले अहिले पनि आफू महसुल उठाउने कुरामा दृढता र निष्ठाका साथ उभिएको प्रष्ट पारेका छन्। ‘बक्यौता नतिर्ने केही ग्राहकको समर्... शनिबार, कात्तिक १५, २०८२
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक बैठकको मूल एजेण्डा महाधिवेशको तयारी र जनपरिचालन रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।बैठकले महाधिवेशनको क्यालेन्डर, प्रति... शनिबार, कात्तिक १५, २०८२
ताजा समाचारसबै
विश्वकप लिग २ : नेपाल लगातार तेस्रो खेलमा पनि पराजित शनिबार, कात्तिक १५, २०८२
एकताको विषयलाई लिएर पार्टी फुट्दैन : माओवादी शनिबार, कात्तिक १५, २०८२
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली शनिबार, कात्तिक १५, २०८२
कांग्रेस फुट्छ भनेर कसैले कल्पना नगरे हुन्छ: महामन्त्री शर्मा शनिबार, कात्तिक १५, २०८२
विश्वकप लिग २ : अमेरिकालाई नेपालले दियो २७२ रनको चुनौतीपूर्ण लक्ष्य शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
फेरि बढ्यो सुनको मूल्य शुक्रबार, कात्तिक १४, २०८२
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली शनिबार, कात्तिक १५, २०८२
‘मोन्था’ को प्रभाव कम हुँदै , पश्चिमी वायु र न्यूनचापीय प्रणालीले आज यी स्थानमा वर्षा शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्