काठमाडौं– नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन्।
सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन्।
पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए।पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे।
उनले भने, ‘पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडी बढाउँदैनौँ। तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ। फजुल खर्च मूल्याङ्कन गरेर काम गर्छौँ।’
अर्थ मन्त्रालय परिसरमा रहेको भंग्नावशेश तुरुन्तै हटाउने समेत उनले जानकारी दिए। हामी खरानीबाट जाग्यौँ है भने सन्देश अर्थ मन्त्रालयबाट नै दिने समेत अर्थमन्त्री खनालले बताए।
त्यस्तै नवनियुक्त अर्थमन्त्री खनालले स्वकीय सचिवालय नराख्ने पनि बताएका छन्।
आफ्नो लागि एक सवारी चालक भए पुग्ने उनको भनाइ छ।गाडीमा हिँड्दा आफूले फोनमा कुरा गर्नुपर्ने भएकाले चालक चाहिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।