काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङ जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न टिचिङ अस्पताल पुगेका छन्।
पदभार ग्रहण गर्नुअघि मन्त्री घिसिङ घाइते भेट्न भएका हुन्। कुलमानलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
घिसिङलाई हिजो प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। शीतलनिवासमा शपथलगत्तै उनी घाइते भेट्न हिँडेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।