काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा तीन सदस्य थपेकी छन् ।
पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बतायो । उनीहरुको शपथ भने भोलि हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।