काठमाडौं–नेकपा माओवादी केन्द्रले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड वा लुटपाटमा आफ्नो पार्टी सम्बन्धित कसैको संलग्नता देखिए कडा कारबाही गर्ने प्रष्ट पारेको छ ।
उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता तथ्य प्रमाण फेला परे सरकारले सख्त कारवाही गरोस् भनी आग्रह गरेका छन् ।
सापकोटाले आफ्नै नेताहरुको घर र कार्यालय आगजनी भएको तथ्य हुँदा हुँदै केही व्यक्ति र समूहले ध्वंसात्मक क्रियालापमा माओवादी कार्यकर्ताको संलग्नता भनी गरेको प्रचारले ध्यानाकर्षण भएको ताएका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।