काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शुशिला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छिन् । शुक्रबार राति पौने ९ बजे राष्ट्रपतिले शीतल निवासमा उनलाई पत तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
यस्तै अब आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।