काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। कार्कीको शपथ ग्रहण पनि शुक्रबार बिहानै गराउने तयारी रहेको शीतल निवास स्रोतले बताएको छ।
कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका थिए । यस्तै शुक्रबार फेरि बिहानैदेखि छलफल सुरु हुने भएको छ ।
कार्कीलाई अन्तरिम सरकार बनाउने सर्वपक्षीय सहमति भए पनि संसद् विघटनको कुरामा टुंगो लागिसकेको छैन । दलहरुले संसद् विघटन नगरी सदनबाटै निकास खोज्नमा जोड दिएका छन् भने आन्दोलनरत जेन–जी समूह संसद विघटन गर्नुपर्ने अडानमा यथावत नै छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।