काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई हिम्मत गर्न आह्वान गरेका छन्।
उनले राष्ट्रिय एकता, नेपाली जनताको इज्जत र प्रतिष्ठा जोगाउन सेनाले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
शाहीले बिहीबार सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘उपत्यका मात्र होइन, नेपालभरिका आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरू तयारी अवस्थामा बस्नुपर्छ। कुनै पनि निर्णायक निर्णय आउन सक्छ।’
उनले सेनालाई लक्षित गर्दै भनेका छन्, ‘अब हिम्मत गरेर परमाधिपति र राष्ट्रलाई जोगाउनुपर्छ। यदि सेनाले जिम्मेवारी पूरा गर्न सकेन भने फेरि नेपाली जनता सडकमा निस्कनेछन्। अब नेपालीहरू चुप लागेर बस्दैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।