काठमाडौं– संसद विघटन हुन नहुने, संविधानबाटै नयाँ सरकार गठन हुनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका विभिन्न दलहरुमा आवद्ध संयुक्त विद्यार्थी संगठनका नेता कार्यकर्तालाई स्वतन्त्र युवाहरुले लखेटेका छन् ।
संविधान रक्षाका लागि बाटोमा प्रदर्शन गर्दै हिँडेका राजनीतिक दलका विद्यार्थीहरुलाई जेन–जीका युवाहरुले दलका झोले भन्दै लखेटेका हुन् ।
त्रिचन्द्र क्याम्पस अगाडि नाराजुलुश गर्दै हिँडेका उनीहरुलाई जेन–जी समूहले लखेटेपछि विद्यार्थी नेताहरु भागेरर तिरवितर भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।