काठमाडौं– जेन–जीका नाममा अराजक समूह पशुपति नाथ मन्दिरमा आक्रमण गर्न पुगेका छन् ।
मूल ढोकामा पुगेर तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले पशुपति क्षेत्रको संरक्षणका लागि सेनाको टोली त्यहाँ पुगिसकेको जानकारी दिएका छन् ।
यता जेन–जीका प्रदर्शनकारीले भने आफूहरुले अबेरसम्म यस्तो स्थिति बनाउने योजना नै नभएको र घुसपैठ भएको बताएका छन् ।
अराजक समूहले पशुपतिभित्र छिर्न खोजिरहेका छन् । बाहिरी क्षेत्रमा प्रदर्शन र नाराबाजी गर्दै तोडफोडको प्रयोग गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।