काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रदर्शनरत जेन–जी पुस्ताका नेतृत्वलाई वार्तामा आउन अनुरोध गरेका छन् ।
मंगलबार साँझ उनले एक पत्र सार्वजनिक गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले अहिलेको परिस्थितिबाट देशलाई बाहिर निकाल्नका लागि वार्तामा आउन अनुरोध गरेका हुन् ।
उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरु जेन–जी का प्रतिवनिधि समेत बसेर वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन र मुलुकलाई थप क्षति हुन नदिन अनुरोध गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।