काठमाडौं– अनियमितता, वेथिति र भ्रष्टाचारविरुद्ध हिजोदेखि सुरु भएको जेन–जी पुस्ताहरुको आन्दोलनले संघीय राजधानी काठमाडौं तहसनहस भएको छ ।
राजधानीका सबै मुख्य संरचनाहरु प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् । सडकदेखि सरकारी भवनहरु सबै उनीहरुकै कब्जामा छन् ।
सिंहदरबार, संसद भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतदेखि सबै मुख्य कार्यालयहरु जलाइएको छ । यस्तै नेताहरुको व्यक्तिगत निजी घरहरु पनि जलाइएका छन् । केही शीर्ष नेताहरुमाथि त भौतिक आक्रमण नै भएको छ ।
कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई प्रदर्शनकारीले घरभित्रै पुगेर कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।
यस्तै एमाले नेता विष्णु पौडेल, महेश बस्नेतलगायतमाथि पनि भौतिक आक्रमण भएको छ । यता पूर्व प्रधानमन्त्री झलनाथकी पत्नी प्रदर्शनकारीले लगाएको आगोमा परेकी छिन् ।
प्रदर्शनकारीले सुरक्षाकर्मीको हतियारहरु नै कब्जामा लिएर सडकमा नाराजुलुस गरिरहँदा प्रहरी भने मुखदर्शक भएर हेरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।