काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ। रातोपुलस्थित थापाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। महामन्त्री थापाले हिजो १९ जनाको प्रहरीद्वारा गोली हानी हत्या हुँदासमेत केही बोलेका थिएनन् ।
मंगलबार मात्र उनले सामाजिक सञ्जालमार्फत् कांग्रेस सत्ताबाट बाहिरिनुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेका थिए । तर जेन–जी आन्दोलनलाई कसरी शान्त पार्ने भन्ने विषयमा भने कुनै धारणा राखेका थिएनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।