काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन्।
रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको सांसदले जानकारी दिएका हुन्।
‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हौं,’ उनले भने। रास्वपाका प्रवक्ता मनिष झाले भर्खरै बैठक सुरु भएको जाननकारी दिए।
रास्वपाका सबै सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको छन्। अहिलेसम्म असिम साह र तोसिमा कार्कीले राजीनामा घोषणा गरिसकेका छन्।
हिजोे सभापति रवि लामिछानेले सबै सांसदहरुलाई सामूहिक राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने भन्दै तयार रहन निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।