काठमाडौं– जेएनजीको प्रदर्शनबाट उत्पन्न घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनको समयसिमा दिएर छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार छानबिन समितिको संयोजक र सदस्य को बनाउने भन्ने टुंगो लागिसकेको छैन । उनले भने, ‘भोलिसम्म टुंगिएर आउँछ होला ।’
जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको हो ।
उनका अनुसार, समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।