काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भिर चिन्ता व्यक्त गरेका छन् ।
सोमबार देशभर भएको जेन–जीको आन्दोलनका क्रममा ठूलो संख्यामा नागरिकको हताहत भएको घटनाले आफू मर्माहत भएको राष्ट्रपति पौडेलले बताएका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले घटनामा परी निधन भएका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरेका छन् ।
राष्ट्रपति पैडेलले अप्रत्याशित रुपमा आज भएको यस्तो घट्नाले आफूलाई अत्यन्त चिन्तित तुल्याएको उल्लेख गर्दै आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपिल गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।