काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेन जी पुस्ताको आन्दोलनका क्रममा भएको दमनको जिम्मा लिँदै सरकारले राजीनामा दिनुपर्ने बताएका छन्।
सामाजिक संजालमा लेख्दै उनले आन्दोलनकारीहरूको प्रतिनिधित्वसहित संयुक्त राजनैतिक संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन्।
'आन्दोलनकारीहरुको माग पूरा गर्न सरकारले राजीनामा दिई उनीहरुको प्रतिनिधित्व सहित संयुक्त राजनैतिक संयन्त्र निर्माण गरौं', उनले लेखेका छन्।
जेन-जी पुस्ताको आन्दोलन उग्र हुँदा प्रहरीले बर्बर दमन गर्दा १५ जनाभन्दा धेरैको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।