काठमाडौं– सोमबार सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा सुरु भएको जेन–जी हरुको आन्दोलनमा ९ जनाले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेहरुमा राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएका घाइतेमध्ये ६ जना छन् । यस्तै एक जनाको सिभिल अस्पतालमा, एक जनाको टिचिङ अस्पतालमा र एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ । प्रदर्शनकारीले संसद भवन कब्जा गर्न खोज्दा स्थिति तनाव ग्रस्त बनेको थियो ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो। सरकारले सेना परिचालन गरे पनि प्रदर्शन भने रोकिएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।