पोखरा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पोखराबाट पुनः सुरु गरेको छ।
जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान बर्खाका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो। आज दिउँसो रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कमा शहीद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियानलाई पुनः आरम्भ गरिएको हो।
शिक्षकसमेत रहेका खनाललाई २०५८ सालमा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो भने उनका जेठो छोरा प्रदीप खनाल २०६० सालमा बेपत्ता भएका थिए।
उनका अन्य सन्तान शर्मिला खनाल र सुदीप खनाल अहिले माओवादी केन्द्रमा सक्रिय छन्। माल्यार्पण कार्यक्रममा शहीद खनालकी श्रीमती राधिका खनाल पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै उपस्थित थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।