सिड्नी– अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ।
_x000D_
_x000D_
विशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १.६ प्रतिशत रहेको छ। यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी)मा आवद्ध मुलुकको तुलनामा सबैभन्दा बढी हो।
_x000D_
_x000D_
‘सिड्नी, मेलवर्न र दक्षिणपूर्वी क्विन्सल्यान्ड विश्वमै सर्वाधिक तीब्र गतिमा विकास भइरहेका सहरमध्येका हुन् र यसो हुनुमा विदेशी आप्रवासी प्रमुख कारण हो’, जनसंख्या मन्त्री अलान टजले भने।
_x000D_
_x000D_
अस्ट्रेलियाका पूर्वी क्षेत्रका सहरहरुमा यही कारण पूर्वाधारमा मात्र गत वर्ष करिब १५ अर्ब अस्ट्रेलियाली डलर खर्च भएको थियो। ‘बेलैमा नरोकिए सन् २०३० सम्ममा यो रकम करिब ४० अर्ब अस्ट्रेलियाली डलर पुग्नेछ’, मेलवर्नको मेन्जिज अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री टजले बताए।
_x000D_
_x000D_
‘यो अति घनाबस्ती परिवारहरुका लागि र मुलुकका लागि पनि गम्भीर आर्थिक चुनौती हो,’ उनले भने, ‘अस्ट्रेलिया आउने मानिसलाई हामी साना प्रान्त र क्षेत्रमा स्थानान्तरित गर्ने उपायको खोजी गरिरहेका छौं र उनीहरु त्यहाँ केही वर्ष बस्नै पर्दछ।’
_x000D_
_x000D_
अस्ट्रेलिया वर्षौंदेखि विश्वभरका मानिसका लागि आकर्षक गन्तव्य स्थल रहँदै आएको छ। रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।