• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आधारभूत स्वास्थ्य सेवा नागरिकले किन्नुपर्ने अवस्था रहनु दुखद हो: प्रदीप पौडेल

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २०, २०८२  ०९:१२
1140x725

काठमाडौं– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिने व्यवस्था गरे पनि व्यवहारमा अझै पनि नागरिकले खर्च गर्नुपर्ने बाध्यता हट्न नसकेको भन्दै स्वास्थ्यमा राज्यको लगानी थप गर्नुपर्ने बताएका छन्।

स्वास्थ्यखबर पत्रिकाको १३औं संस्करणको हेल्थ अवार्ड कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

'आधारभूत सेवा किन्नुपर्ने अवस्था रहनु दुखद हो। स्वास्थ्य संस्थाहरू विस्तार भए पनि सबैमा सहज र गुणस्तरीय सेवा पुगेको छैन', उनले भने।

मन्त्री पौडेलले आधारभूत स्वास्थ्य संस्थाको वर्गीकरण र सेवा दायरा स्पष्ट हुनुपर्ने बताए। उनका अनुसार कतिपय स्थानीय तहमा २५–३० करोड रुपैयाँ लगानीमा भवन बनेको छ भने कतिपयमा आधारभूत पूर्वाधारसमेत अभाव देखिन्छ, जसले असमानता बढाएको छ।

उनले पूर्वमन्त्री गगन थापाले प्रस्ताव गरेको स्वास्थ्य केन्द्रको अवधारणा लागू गर्न सके आधारभूत स्वास्थ्य सेवा प्रभावकारी हुने उल्लेख गरे। साथै, स्थानीय तहले कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्यमा छुट्याउनुपर्ने आवश्यकता औंल्याए।

मन्त्री पौडेलले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्नुपर्ने, जनशक्ति व्यवस्थापनमा लगानी बढाउनुपर्ने र आधारभूत तथा विशिष्टीकृत उपचारलाई छुट्याएर संरचना बनाउनुपर्ने बताए।

स्वास्थ्यकर्मीको विदेश पलायन चिन्ताजनक रहेको उल्लेख गर्दै मन्त्री पौडेलले उनीहरूको दक्षता र क्षमताअनुसार सेवा–सुविधा दिने आवश्यकता औंल्याए। महामारीमा स्वास्थ्यकर्मीको भूमिकालाई स्मरण गर्दै उनले उनीहरूलाई प्रोत्साहित गर्न छुट्टै ऐन र निजी क्षेत्रमैत्री नीति बनाउनुपर्ने बताए।

मन्त्री पौडेलले स्वास्थ्यखबरले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आएको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै यसले नीतिगत छलफल र स्वास्थ्य क्षेत्रको सुधारमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ कार्यक्रममा मन्त्री पौडेलले व्यक्त गरेको धारणा
स्वास्थ्यखबर पत्रिकाले विगत १३ वर्षदेखि हेल्थ अवार्ड कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई सम्मान गर्दै आएको छ। विशेषगरी दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको मेहनतको कदर कसैले नगरेको र उनीहरूको योगदान ओझेलमा परेको अवस्थामा स्वास्थ्यखबरले तिनलाई उजागर गरी सम्मान गरेको छ। यो कार्य अत्यन्त प्रशंसनीय छ, र यसका लागि स्वास्थ्यखबरलाई धन्यवाद दिन चाहन्छु।

यस्ता कार्यक्रममा हुने प्यानल छलफलले नीतिगत निष्कर्ष निकाल्न सहयोग पुर्‍याउँछ। स्वास्थ्यखबरले विषयकेन्द्रित र रचनात्मक ढङ्गले काम गरिरहेको छ, जसले दुर्गमका स्वास्थ्यकर्मीको योगदानलाई सम्मान गर्नुका साथै स्वास्थ्य क्षेत्रको सुधारमा मार्गदर्शन गर्छ।

पछिल्लो समय स्वास्थ्य प्रविधिको प्रयोग र दायित्व बढ्दै गएको छ, तर लगानी भने घट्दो छ। स्वास्थ्य मन्त्रालयलाई मापदण्डभन्दा निकै कम बजेट विनियोजन हुने गरेको छ। राज्यले स्वास्थ्यमा पर्याप्त लगानी गर्न नसक्ने अवस्थामा विकल्प खोज्नुपर्छ। अन्य मुलुकले स्वास्थ्य क्षेत्रमा अवलम्बन गरेका नीतिबाट सिकेर हामीले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरा तथ्याङ्कले पुष्टि गर्छ कि गर्दैन, यो सोचनीय छ।

संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क र विशिष्टीकृत सेवालाई सर्वसुलभ वा नसक्नेलाई निःशुल्क दिने व्यवस्था गरेको छ। तर, कतिपय अवस्थामा आधारभूत सेवा पनि किन्नुपर्ने बाध्यता छ, यो दुखद हो। स्वास्थ्य क्षेत्र विस्तार हुँदै गए पनि सबै स्वास्थ्य संस्थामा सहज र गुणस्तरीय सेवा प्रवाह भएको छैन। आधारभूत स्वास्थ्य सेवाका लागि खर्च गर्नुपर्ने बाध्यता अझै हटेको छैन, र गुणस्तरमा पनि पूर्णता आउन सकेको छैन।

स्वास्थ्य संस्थाहरूको वर्गीकरण र आधारभूत उपचार केन्द्रको सेवा दायरा स्पष्ट हुनुपर्छ। आधारभूत अस्पतालमा एमआरआई, सिटी स्क्यान, वा विशेषज्ञ चिकित्सकको आवश्यकता किन? यस्ता केन्द्रको संरचना र सेवा दायरा प्रष्ट हुनुपर्छ। कतिपय स्थानीय तहमा २५–३० करोडको लगानीमा भवन बनेका छन्, तर कतिपयमा न्यूनतम पूर्वाधार र लगानीको अभाव छ। यस्ता असमानतामा स्पष्ट नीति चाहिन्छ।

पूर्वमन्त्री गगन थापाले प्रस्ताव गरेको स्वास्थ्य केन्द्रको अवधारणालाई लागू गर्न सके आधारभूत स्वास्थ्य सेवा प्रभावकारी हुन्छ। तर, कतिपय स्वास्थ्य केन्द्रमा भवन जीर्ण छन्, जाडोमा घाम तापेर र गर्मीमा शीतल खोजेर सेवा दिनुपर्ने अवस्था छ। कतिपय स्थानीय तहले स्वास्थ्यमा उत्कृष्ट काम गरेका छन्, तर कतिपयले एउटा पनि स्वास्थ्य संस्था बनाएका छैनन्। संविधानले आधारभूत स्वास्थ्य सेवाको दायित्व स्थानीय तहलाई दिएको छ। तसर्थ, स्थानीय तहले कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्यमा छुट्याउनुपर्छ।

गुणस्तरमा प्रश्न नउठ्ने गरी ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्नुपर्छ। स्थानीय तहले भवन निर्माणमा मितव्ययी भई जनशक्ति व्यवस्थापनमा लगानी गर्नुपर्छ। विश्व स्वास्थ्य सङ्गठनसँगको सहकार्यमा १०० आधारभूत अस्पतालमा प्रयोगशाला सेवा विस्तार गर्न लागिएको छ, र १० वर्षे योजनामार्फत ६०० भन्दा बढी अस्पतालमा सुधार गर्नुपर्छ।प्राथमिक र विशिष्टीकृत उपचारलाई छुट्याएर संरचना बनाउनुपर्छ। 

स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि पूर्वाधार, जनशक्ति, र उपकरणमा ध्यान दिनुपर्छ। मैले मन्त्रीको जिम्मेवारी सम्हाल्दा वीर अस्पतालमा दैनिक २,७०० बिरामी आउँथे, अहिले यो सङ्ख्या ३,३०० पुगेको छ। भेरी अस्पतालमा पनि ७०० बाट १,३०० पुगेको छ। बिरामीले कम खर्चमा गुणस्तरीय उपचार खोजिरहेका छन्।यसका लागि योगदानमा आधारित स्वास्थ्य बीमा प्रणाली आवश्यक छ। २०७४ को बीमा ऐनले सबै नागरिक र कर्मचारीलाई बीमा बोर्डमा जोड्ने व्यवस्था गरेको छ, तर यो कार्यान्वयन भएको छैन। संगठित क्षेत्रका सबैलाई बीमा बोर्डमा जोड्न सके वर्षमा एक खर्ब आम्दानी गर्न सकिन्छ, जसले नसक्नेका लागि निःशुल्क उपचार सम्भव हुन्छ।

स्वास्थ्यकर्मीको विदेश पलायन चिन्ताजनक छ। राष्ट्रिय भावनासँगै उनीहरूको दक्षता र क्षमता अनुसार सेवा–सुविधा दिनुपर्छ। महामारीमा स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण हुन्छ। उनीहरूलाई प्रोत्साहन गर्न छुट्टै ऐन र निजी क्षेत्रमैत्री नीति बनाउनुपर्छ। स्वास्थ्यखबरले आगामी दिनमा नीतिगत पैरवी र स्वास्थ्यकर्मीको मनोबल बढाउने काम जारी राख्ने विश्वास लिएको छु। धन्यवाद।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ०९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘एलपी ग्यास एक दिनमै सहज हुँदैन’
हिमाली विपद्मा चीनको सहयोग प्रशंसनीय, एक–चीन नीतिप्रति प्रतिवद्ध छौं : मन्त्री खनाल
अञ्जन, रोहित र मनिष बंगलादेशी क्लबमा अनुबन्ध
सम्बन्धित सामग्री
सल्यानमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा च... शनिबार, भदौ २७, २०८३
गैंडाकोटमा दुई बस ठोक्कियो, १८ जना घाइते गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। शनिबार, भदौ २७, २०८३
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा एकतर्फी अवरोध रहेको छ। कतिपय सडक पूर्ण रूपम... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
‘एलपी ग्यास एक दिनमै सहज हुँदैन’ शनिबार, भदौ २७, २०८३
हिमाली विपद्मा चीनको सहयोग प्रशंसनीय, एक–चीन नीतिप्रति प्रतिवद्ध छौं : मन्त्री खनाल शनिबार, भदौ २७, २०८३
अञ्जन, रोहित र मनिष बंगलादेशी क्लबमा अनुबन्ध शनिबार, भदौ २७, २०८३
सल्यानमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते शनिबार, भदौ २७, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्