काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा जारी छ।
बैठकमा समसामयिक राजनीति, स्थायी समितिको निर्णय कार्यान्वयन लगायत एजेन्डामा छलफल भइरहेको उपमहासचिव हरिबोल गजुरेलले बताए।
यसअघि स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ ३ गते बैठक बोलाएका थिए। तर, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर अभियान चलाएपछि बैठक छोटो समय बसेर स्थगित भएको थियो।
त्यसपछि भदौ ६ र ८ गते बोलाएको बैठक पनि प्रचण्डले कार्यव्यस्ततालाई कारण देखाउँदै स्थगित गरे। गत साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्रको गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।