काठमाडौं– चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका थिए ।
उनी केहीबेरअघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उनको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग गत मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए ।
शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले बहुपक्षतामा जोड दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।