काठमाडौं– कुवेतले युरोपमा नेपाली श्रमिक तस्करी गरेको अभियोगमा छानबिन गर्न भन्दै एक नेपालीलाई डिपोर्ट गरेको छ । ती व्यक्ति नेपाल प्रहरीको खोजीमा थिए ।
कुवेत सरकारले लामो समय निगरानीमा राखेर पक्राउ गरी नेपाल पठाएको बताएको छ ।
कुवेतको आन्तरिक मन्त्रालयद्वारा जारी सूचनाअनुसार युरोपमा जाने नेपालीको मृत्युको विषयमा छानबिन गर्न नेपाल पठाइएको हो । कुवेत सरकारले ती नेपालीको विवरण सार्वजनिक गरेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।