काठमाडौं– मंगलबार दिउँसो अवैध रकम राखेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी बरामद गरिएको करिब चार करोड रुपैयाँ र सुन बरामद गोरखाका विनोदकुमार श्रेष्ठको रहेको पाइएको छ ।
मंगलबार दिउँसो प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोंगबुको एक घरबाट झण्डै चार करोड नगद र सुन बरामद गरेको थियो ।
गोरखा घर भइ लामो समयदेखि काठमाडौं बस्दै आएका विनोदको साथबाट ३ करोड ७५ लाख रुपैयाँ नगद र सुनका ढिक्का, बाला, औंठीसहितका गहना बरामद भएको थियो । प्रहरीले सुनको परिमाण तौलिँदैछ ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार सुन धितो राख्ने र मिटरब्याजमा पैसा लगाउने काम श्रेष्ठले गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
बोहराका अनुसार श्रेष्ठले सुन पसलदेखि अन्य व्यक्तिहरुलाई सुन धितो राखेर पैसाको कारोबार गर्ने गरेको खुलेको बताए । अनुसन्धानकै क्रममै रहेकाले अनुसन्धानपछि विवरण खुल्दै जाने प्रहरीले बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।