• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'आधारभूत स्वास्थ्य’मा केन्द्रित यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान

64x64
नेपाल लाइभ मंगलबार, भदौ १७, २०८२  १३:०१
1140x725

काठमाडौं– 'आधारभूत स्वास्थ्य’मा केन्द्रित यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड  प्रदान गरिएको छ। 

स्वास्थ्य खबरपत्रिका १६ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा १३ औं संस्करणको स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको  स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो। 

काठमाडौंमा सोमबार आयोजजित एक समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उक्त अवार्ड प्रदान गरेका हुन्। 

यस वर्षको उत्कृष्ट डाक्टरको अवार्ड कटारी अस्पतालमा कार्यरत चिकित्सक डा गौरव साहले पाएका छन्। 

२०७३ साल फागुन ११ गतेका दिन डा गौरव साहले पहिलोपटक कटारी अस्पतालको आंगन टेक्दा त्यो अस्पताल थिएन, कुनै ठूलो युद्धपछिको भग्नावशेष जस्तो थियो। भग्न अस्पतालका अघि बसेर संकल्प लिए, एकदिन यसलाई भरोसाको केन्द्र बनाएरै छाड्छु। कटारी अस्पताललाई त्यो व्यथाबाट यो कथामा रुपान्तरण गर्न एक दशकमा डा गौरवले गरेका संघर्षका फेहरिस्त छन्। कुनै समय पिलो चिर्न समेत असक्षम अस्पताललाई आफ्नै दोस्रो सन्तानको सिजेरियन सेक्सन गराउन अवस्थामा पुर्‍याएका छन्। अस्पतालको दिशा र दशा बदल्न सकेकोमा डा गौरव आफैं पनि गौरवान्वित छन्।

उत्कृष्ट नर्सको रुपमा बैतडीकी अनमी जानकी पुजाराले अवार्ड पाएकी छिन्।

जीवन के हो ?  अध्यात्मिक व्यक्तित्वहरुले दिने साझा उत्तर हुन्छ- सासको सुरुवातदेखि सासको अन्त्यबीचको ‘समय’। त्यसैले सासको अर्थ प्राण हो। अनमी जानकी पुजाराले आफ्नो सास दिएर एक नवजात शिशुको ‘प्राण भरेकी’ छिन्। ६ घन्टासम्म लगातार मुखले सास दिएर शिशु जोगाउने उनको साहसको सर्वत्र प्रशंसा भइरहेको छ। उनी त्यो एउटा उनी घटनाले आम चर्चाकी पात्र बनिन्। तर संयोग नभइ उनको नियमित कर्मकै निरन्तरता थियो भन्ने उनकै स्वास्थ्य केन्द्रको तथ्यांकले दर्शाउँछ। गत वर्ष उनको सेवा क्षेत्रमा १९ जना १३ जनालाई घरमै गएर सुत्केरी गराएकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा सर्लाहीको सोना महतोले अवार्ड पाएकी छिन्।

मधेसका गाउँघरमा अझै पनि महिलाले घुम्टोभित्रै सीमित रहनुपर्ने संस्कार बलियो छ। तर सोही समाजमा ३२ वर्षीया सोना महतो महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा मात्र होइन, शिक्षादेखि सामाजिक चेतना फैलाउने अगुवा महिला बनेकी छन्। कक्षा १२ सम्म पढेकी उनले ऊर्जावान स्वास्थ्य स्वयंसेविकाको रूपमा समेत पहिचान बनाएकी छन्। सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाखोरकी उनले आफ्नो ज्ञान र सीप आफ्नै समुदायलाई समर्पण गरेकी छिन्। घुम्टोभित्र सीमित मानिएको मधेसी महिलाको जीवनयात्राबाट बाहिर निस्केर सामाजिक कार्यकर्ता र चेतनाको प्रतीक बनेकी छन्।
उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा कालिकोटका जनस्वास्थ्य निरीक्षक विनोदकुमार न्यौपानेले अवार्ड पाएका छन्।

कर्णाली प्रदेशको नाम सुन्नासाथ धेरैको दिमागमा कठिन जीवनशैली र अभाव दृष्य आउँछ। स्वास्थ्य सेवाको अवस्था त झन् नाजुक।  त्यही अवस्थालाई बदल्न सक्रिय स्वास्थ्यकर्मीमध्ये एक हुन्, धौलागोह स्वास्थ्य चौकी, पलाँता–२ मा कार्यत विनोदकुमार न्यौपाने। उनको नेतृत्वमा धौलागोह स्वास्थ्य चौकीले न्यूनतम सेवा मापदण्डमा ३५ प्रतिशतबाट ८४ प्रतिशत अंक ल्याई जिल्लामै पहिलो भएको छ। ‘कुपोषण घटाऔँ’, ‘सुत्केरी’, ‘मेरो वर्ष’लगायत उनले स्वास्थ्य सचेतना जगाउने गीतहरु पनि गाएका छन्। ती गीत तालिम, गोष्ठी र विभिन्न कार्यक्रममा पनि देखाउने र सुनाउने गरिन्छन्। त्यसकारण उनलाई स्थानीयले ‘कलाकार डाक्टर’ भनेर सम्बोधन गर्छन्।

उत्कृष्ट जनस्वास्थ्यकर्मीका रुपमा पर्वतका हरि प्रसाद भुसालले अवार्ड पाएका छन्।

जनस्वास्थ्य अधिकृत हरि प्रसाद भुसाल अहिले पर्वतको विहादी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख छन्। स्वास्थ्य सेवा वितरणमा मात्र सीमित राख्न नहुने मान्यताका उनी नवीनता र स्थायी समाधानमा केन्द्रित भएर काम गर्छन्। उनको उक्त दृष्टिकोणले पालिकाको स्वास्थ्य सूचकांकमा उल्लेखनीय सुधार ल्याइरहेको छ। अन्य पालिका र माथिल्लो निकायले पनि उनको कामलाई अनुकरणीय बताइरहेका छन्। स्वास्थ्य सेवा अधिक पहुँचयोग्य र पारदर्शी बनाएका कारण उनको कामको प्रशंसा भइरहेको छ।

उत्कृष्ट संस्थामा कोल्टी आधारभूत अस्पताल र आयुर्वेद तर्फ मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालले अवार्ड पाएका छन्।

बाजुराको बुढिनन्दा नगरपालिकामा रहेको कोल्टी आधार अस्पताल, पालिका अस्पताल होइन, कालिकोट, हुम्ला र मुगु र बाजुराका गरी १७ पालिकाका पालिकाहरुको अस्पताल हो। तर, ती वर्षअघिसम्म अस्पतालमा बिरामी उपचार गरेर भर्ना गर्ने कुराको परिकल्पना पनि गर्न सकिन्नथ्यो। जहाज कुर्दाकुर्दै बिरामीको ज्यान गएका समाचार सुनिन्थ्यो। पालिका प्रमुखमा निर्वाचित भएर आएपछि मेयर जनककुमार बोहराले प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने संकल्प लिए र स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले आड दिए। दिलोज्यान दिएर काम गर्ने डाक्टर रन्जित साह त्यहाँ पुगे। आज कोल्टी अस्पतालले काया फेरेको छ र उपचार सेवामा कायापलट भएको छ।

मातातिर्थ आयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पताल उत्कृष्ट आयुर्वेदिक सेवाका लागि मात्रै होइन, वैकल्पिक चिकित्साकै साख बढाइरहेको अस्पतालका रूपमा आयुर्वेद क्षेत्रले लिएको छ। किनकि वैकल्पिक चिकित्सामा भरोसा गर्न छाडेकाहरू पनि त्यहाँ पुगेपछि भर गर्ने अवस्था बनेको छ। विदेशीहरू समेत त्यहाँ पुगेर सेवा लिन्छन्।  बितेका ४ वर्षमा अस्पताल प्रमुख नारायण आचार्यले गरेको मेहनतका कारण अस्पताल आयुर्वेदिक सेवामा ‘आदर्श’ बबनेको छ। त्यही क्षेत्रमा होटल तथा रिसोर्ट सञ्चालन गर्नेहरूका लागि ‘व्यवसायिक आइडिया’ पनि बनेको छ।  अस्पतालले आयुर्वेद, प्राकृतिक चिकित्सा र नेचुरोप्याथीमा दिइरहेको सेवाबाट प्रभावित हुनेहरु बढ्दो क्रममा छन्।

उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धकमा शिला श्रेष्ठले अवार्ड पाएकी छिन्।

अध्ययनका दृष्टिबाट स्वास्थ्य विज्ञान हो तर सन्देश उत्पादन र कार्यान्वयनका कुरा गर्दा ‘समाजशास्त्र’को हिस्सा जस्तो देखिन्छ। त्यसैले पनि स्वास्थ्य सूचना उत्पादन, प्रशारण र प्रभावकारिताको प्रक्रिया जटिल हुन्छ। त्यो जटिल विषयलाई सजिलोगरी कार्यान्वयन गर्नमा निरन्तर सक्रिय व्यक्तित्व हुन् शिला श्रेष्ठ । देश संघीयतामा गएको छ । तीनै तहमा स्वास्थ्य शिक्षाका कार्यक्रम छन् र ती कार्यक्रम सञ्चालन गर्ने अधिकारी तोकिएका छन् । तर, ती सबैको कार्यक्रमका लागि आवश्यक सन्दर्भ सामाग्री, प्रस्तुति, सन्देश र सूचना निर्माणका लागि सबैले सम्झिने पात्र भने शिला श्रेष्ठ नै हुन्।

उत्कृष्ट स्थानीय सरकारमा राप्ती गाउँपालिकाले अवार्ड पाएको छ।

नेपालमा स्थानीय सरकारको काम सम्झिँदा प्रायः मानिसको दिमागमा सडक, पुल, भवन वा कारखानाको तस्वीर आउँछ । तर, कतियपले स्वास्थ्य र शिक्षालाई पनि प्राथमिकतामा राखेका छन्। व्यवहारिक जीवनका यिनै आधारभूत आवश्यकतलाई प्राथमिकतामा राख्ने मध्येमा पर्छ- दाङको राप्ती गाउँपालिका। पालिकाका अध्यक्ष प्रकाश विष्ट स्वास्थ्य पेशामै २१ वर्ष बिताएका व्यक्ति भएका कारण पनि राप्तीमा स्वास्थ्यले प्राथमिकता पाएको हो। राप्ती गाउँपालिकाले आफ्ना सीमित स्रोतसाधनलाई प्रयोग गरेर मात्र होइन, विभिन्न संस्था र अस्पतालसँग सहकार्य गरेर उल्लेखनीय स्वास्थ्य अभियान चलाएको छ।

उत्कृष्ट अभियान्तामा उज्ज्वल विक्रम थापाले अवार्ड पाएका छन्।

उज्ज्वल विक्रम थापा जलनबारे सचेतना फैलाउन विभिन्न स्कुल-समुदायमा पुग्छन्। त्यसक्रममा उनले सोध्ने साझा प्रश्न हुन्छ- तपाईंले जलनको अनुभव गर्नुभएको छ? आफ्नो अनुभूति सुनाउन तँछाडमछाड गर्ने भीडले जम्मा दुईटा घटना सुनाउँछन्- तरकारी/अन्डा फ्राइ गर्दा उछिट्टिएको तेलले हात चसक्क पारेको र तातो कराइ समात्दा डामेको। जलनको शारीरिक मात्रै होइन, मानसिक र सामाजिक पीडा पनि भित्रैबाट महशुस गर्ने व्यक्ति थापा हुन्। उनी दुई दशकदेखि जलन पीडितका पक्षमा नीति निर्माणमा वकालत गर्दै आएका छन् भने उपचार गर्न नसकेकाहरुको भरोसाको मल्हम बनिरहेका छन्।

यसका साथै अवार्ड कार्यक्रममा नेपालको स्वास्थ्य क्षेत्रमा २७ वर्षभन्दा लामो समयदेखि सहयोग गर्दै आइरहेका इन्टरप्लास्टका संस्थापक जर्मनीका हेन स्थलले विशेष सम्मान पाएका छन्।
स्वास्थ्य सेवाको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको दीर्घकालीन समर्पण र उल्लेखनीय योगदानको कदरस्वरूप यो प्रशंसा–पत्र प्रदान गरिएको हो। जर्मन नागरिक भएर पनि नेपालप्रति विशेष आत्मीयता राख्दै, विशेषतः सामान्य उपचार सेवामा लामो समयदेखि निरन्तर सेवा पुर्‍याउनु भएको छ। उनको अथक प्रयासले असंख्य नेपाली नागरिकलाई उपचार र आशा प्रदान गरेको छ, साथै नेपाल–जर्मनी मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसलाई पनि विशेष सम्मान गरिएको छ।

नेपालमा चिकित्सा ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणमार्फत स्वास्थ्य सेवा क्षेत्रको उन्नति र विकासमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै, साथै विभिन्न क्षेत्रमा आर्थिक सहयोगद्वारा समाज कल्याणमा देखाएको सक्रिय भूमिकाको स्मरणस्वरूप स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२ अन्तर्गत विशेष सम्मान प्रदान गरिएको हो। अमेरिकामा रहेका नेपाली चिकित्सकहरूको साझा पहलमार्फत, नेपाल र नेपाली जनताको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको सहयोग, प्रतिबद्धता र अमूल्य योगदानप्रति हामी हार्दिक आभार व्यक्त गर्दै यस संस्थालाई यस सम्मानमार्फत उच्च सम्मान अर्पण गर्दछौँ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि विशेष सम्मान गरिएको छ।

७ वटा प्रदेशमध्ये प्रदेशस्तरबाट सञ्चालित पहिलो मेडिकल कलेज हो। मधेश प्रदेशमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै स्वास्थ्य खबर हेल्थ अवार्ड २०२८ अन्तर्गत यो विशेष सम्मान प्रदान गरिएको हो।यस प्रतिष्ठानले आमजनतालाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको छ। साथै, विद्यार्थीहरूलाई चिकित्साशास्त्र अध्ययनका अवसर प्रदान गरी चिकित्सा शिक्षा क्षेत्रलाई समृद्ध बनाउन देखाएको अग्रणी भूमिकाको लागि हामी यस मञ्चमा हार्दिक आभार प्रकट गर्दै यो सम्मान अर्पण गर्दछौँ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपत्तिको पीडाले फिक्का बनाएको तीज
हर्मुजमार्फत हुने तेल आपूर्तिको जोखिम घटाउने उपाय खोज्दै खाडी मुलुक
भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता
सम्बन्धित सामग्री
भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ११ बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ। शनिबार, भदौ २७, २०८३
सल्यानमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा च... शनिबार, भदौ २७, २०८३
गैंडाकोटमा दुई बस ठोक्कियो, १८ जना घाइते गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
विपत्तिको पीडाले फिक्का बनाएको तीज शनिबार, भदौ २७, २०८३
हर्मुजमार्फत हुने तेल आपूर्तिको जोखिम घटाउने उपाय खोज्दै खाडी मुलुक शनिबार, भदौ २७, २०८३
भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता शनिबार, भदौ २७, २०८३
एनभीएलको फाइनलमा अन्नपूर्ण र कर्णाली भिड्दै शनिबार, भदौ २७, २०८३
गुल्शनले ओडीआईमा पुर्‍याए एक हजार रन शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
ब्याङ्क्वेट सञ्चालकको ६० वटा ग्यास सिलिन्डर जफत, सर्वसाधारणलाई बाँडियो शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्