काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक संघीय निजामती कर्मचारी विधेयकको सहमति नउल्ट्याइए संसदबाट पारित हुन समस्या हुने चेतावनी दिएका छन् ।
राष्ट्रिय सभाको विधायन व्यस्थापन समितिको सोमबारको बैठकमा निजामती विधेयकको दफा ५८ का सम्बन्धमा छलफलका क्रममा एमाले प्रमुख सचेतकले विधेयकमा यसअघी भएको सहमति नउल्ट्याए सदनबाट पारित हुन अप्ठ्यारो हुने चेतावनी दिएका हुन् ।
‘सरकार सञ्चालन गर्ने क्रममा केही आफ्ना असहमति राख्छ । कुलिङ अफ पिरियडको सम्बन्धमा संसद्ले सहयोग नै गर्नुपर्छ । अप्ठ्यारो नहुने गरी अगाडि बढाउँ । सरकार त्यो कुरामा अडिग रह्यो भने संसद्बाट विधेयक पारित गर्न पनि अप्ठयारो हुने स्थित आउन सक्छ,’ उनले भने ।
विधायन व्यवस्थापन समितिको शुक्रबारको बैठकले विधेयकको दफा ५८ मा सर्वसम्मतिले निर्णय गरेको थियो । जसमा ‘ऐन प्रारम्भ भएको आर्थिक वर्षमा ५८ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले ५८ वर्ष उमेर पूरा भएपछि’ र ‘दोस्रो आर्थिक वर्षमा कर्मचारीले ५९ वर्ष पूरा भएपछि’ अवकाशमा जाने व्यवस्था गरेको छ । यसअनुसार तेस्रो आर्थिक वर्षबाट ६० वर्षे उमेर हदको कानुनी व्यवस्था कार्यान्वयन हुनेछ सहमति जुटाएको थियो । तर, शुक्रबार भएको व्यवस्था पारित गरेर समितिले प्रतिवेदन अगाडि बढाएमा विधेयक नै पारित गर्न समस्या हुने एमालेका प्रमुख सचेतकले दिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।