काठमाडौं– सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेट भएको छ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गरेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबिच भेट भएको हो।
मोदीले नेपालसँगको भारतको सम्बन्ध गहिरो र बिशेष भएको उल्लेख गरेका छन्।
चीनका राष्ट्रपति फिङको निमन्त्रणमा सांघाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार ओली चीन प्रस्थान गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।