काभ्रेपलाञ्चोक– सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेका छन् । उनले धारिलो हतियार खन्ती (खाडल खन्न प्रयोग गरिने औजार) ले हानेर आमाको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार, दुधौली नगरपालिका १४ भौडीका ४० वर्षीय तुलाराज सुनुवारले ६५ वर्षीया आमा फाल कुमारीको हत्या गरेका हुन् ।
फलामको खन्तीले टाउको र छातिमा हानेर हत्या गरिएको सुवेदीले जानकारी दिए ।
घरायसी विषयमा विवाद हुँदा छोराले आमालाई खन्तीले प्रहार गरेका थिए । आमा फाल कुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।