काठमाडौँ– अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका मुख्य राजमार्गका १६ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै केही स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकामा नागार्जुन नगरपालिका–८ स्थित भिमढुंगा ठुलो खोलामा पहिरो जाँदा धार्के चल्ने सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ।
कोशी प्रदेशमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुण नदीमा अविरल वर्षाका कारण डाइभर्सन बगाएपछि कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने तेह्रथुमको लालीगुराँस नगरपालिका तिनधुरेमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ ।
बागमती प्रदेशमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका –२ मा बाढीका कारण नेपाल र चीन नाका जोड्ने पुल बगाउँदा डेढ महिनादेखि सडक पूर्णरुपमा अवरुद्ध छ। यसैगरी सोही वडाको स्याउ पार्किङमा पहिरो जाँदा पासाङल्हामु सडक पूर्ण अवरुद्ध छ।
यस्तै गोसाईंकुण्ड गाउँपालिका –३ मेदामुदुङमा पहिरोका कारण पासाङ ल्हामु सडक एकतर्फी चालु छ। रसुवाकै उत्तरगया गाउँपालिका–५ नौबिसेमा बाढीका कारण गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रुवेसी जाने सडक एकतर्फी चालू छ।
हेर्नुहोस सुचना:


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।