काठमाडौं- नेपाली कांग्रेसको संसदीय बोर्ड विस्तार भएको छ। यसअघि १७ सदस्यीय संसदीय बोर्ड रहेकोमा आज पाँच जना सदस्य थपिएको हो।
संसदीय बोर्डमा थपिनेमा डा शेखर कोईराला, डा मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, फर्मुल्लाह मनसुर र एनपी साउद रहेका छन्।
कोइराला र रिजाललाई बोर्डमा छुटाइएको भन्दै चर्को आलोचना भएको थियो। त्यसैगरी दलित र मुस्लीम समुदायको प्रतिनिधित्व नभएकाले संसदीय बोर्ड समावेशी हुन नसकेको आरोप लागेपछि विश्वकर्मा र मन्सुरलाई समितिमा ल्याइएको हो।
उनीहरु समेत सहभागी हुनेगरी आजै बेलुका ५ बजे बोर्ड बैठक बोलाइएको छ। बैठकले पार्टीको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको नामावली तयार पार्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।