काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक नेपालकाे भूमि रहेकाे तथ्य चीनलाई सम्झाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री ओली चीन भ्रमणको लागि प्रस्थान गरेलगतै मेयर साहले लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिप्रति आपत्ति जनाउँदै त्यसबारे चीनलाई स्पष्ट रूपमा कुरा राख्न आग्रह गरेका हुन्।
बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै भनेका छन्, “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू। नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।’
उनले प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै लेखेका छन्, ‘हामीलाई तपाईं माथि पूर्ण विश्वास छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।